Skip to main content
King County logo

नोभेम्बर १६, २०२० मा अपडेट गरिएको:

किंग काउन्टीमा बिरामीहरुको संख्या बढेर डरलाग्दो नयाँ उचाईमा पुगेको छ र अस्पताल भर्नाहरू बडिरहेका छन्। हाम्रो समुदायको स्वास्थ्य, स्वास्थ्य सेवा प्रणाली, र अर्थव्यवस्थामा परिरहेको बढ्दो प्रभाव देखि हामी धेरै चिन्तित् छौं। नोभेम्बर १५ मा गभर्नर इन्स्लीले डिसेम्बर १४ सम्मका लागि लागू हुने गरी अस्थायी रूपमा स्टेटव्यापी प्रतिबन्धहरू घोषणा गर्नु भएको छ।

नयाँ प्रतिबन्धहरू निम्न समावेश छन्:

  • आफ्नो घरमा नबस्ने ब्यक्तिहरु सङ्ग घरभित्र भेला हुन निशेधित छ। कि त तपाँई १४ दिन अघि नै अलग्गै (क्वारेन्टाइनमा) बस्नुभएको छ भने वा तपाँई ७ दिन सम्म अलग्गै (क्वारेन्टाइनमा) बसि कोभिड्–१९ (COVID–19) नभएको परीक्षण नतिजा पाउनु पर्नेछ।
  • बाहिर हुने भेलामा आफु सङ्ग नबस्ने ५ जना भन्दा बढी ब्यक्तिहरु हुनु नहुने।
  • खाजा घरहरु/मदिरा घरहरु भित्रि सेवा का लागि बन्द हुनेछन्, तर उनिहरुले घर लान र सिमित् रुपमा बाहिर बसि खान दिन भने सक्ने छन्।
  • भित्रि सेवा दिने खुद्रा पसल, किराना पसल, र व्यक्तिगत सेवाहरूमा (कपाल र नङ सलुनहरू, हजाम, इत्यादि) सधैंको संख्याको २५% मा सीमित गरिएको छ।
  • भित्र बसि गरिने धार्मिक सेवाहरू सधैंको संख्या को २५% मा सिमित गरिएको छ अथवा बढिमा २०० जना सम्म, जुन चैं कम छ।
  • सबैजनालाई आफ्नो घरमा वा आफ्नो क्षेत्रमा बस्न र अन्य राज्यहरु वा देशहरूमा अनावश्यक यात्रा नगर्न प्रोत्साहित गरिन्छ।

हामीलाई थाहा छ केले फैलिनबाट रोक्छ र अहिले हामीले जे ले काम गर्छ भनेर जानेका छौं त्यस लाई अझ बढि गर्नु पर्ने हुन्छ:

  • तपाईं सङ्ग नबस्ने ब्यक्तिहरुका वरिपरी हुँदा मास्क् लगाऊनुहोस् (नजिकको साथी र परिवारका ब्यक्तिहरु भए पनि)।
  • सकेसम्म घरमा नै बस्नुहोस्।
  • भेला हुँदा कति जना, कत्रो समुह, र कति पटक् जस्ता कुरालाई सीमित राख्नुहोस् – विशेष गरी भित्र – र भित्रको हावा आवत जावत बढाउनुहोस्।
  • बिरामको पहिलो लक्षण देखा पर्दै खेरी वा कोभिड-१९ (COVID–19) भएको ब्यक्तिको छेऊ छाऊमा परेको थाहा भएमा जाँच् गराईहाल्नुहोस्।
  • सब भन्दा सुरक्षित विकल्प भनेको यो छुट्टीको समयमा आफ्नो घर बाहिर मानिसहरु सङ्ग भेला हुनबाट जोगिनु हो।

के खुल्ला छ
नोभेम्बर १७ - जनवरी ११, २०२१

आवश्यक गतिविधिहरूका साथै निम्न कुराहरु गार्नका लागि अनुमति छ:

मनोरन्जन

  • वयस्क र युवा खेलकुद (बाहिर मात्र, मास्क आवश्यक)
  • शिकार खेल्न र माछा मार्न
  • स्कीइ खेल्न
  • पाल टाँगेर बास बस्न
  • गल्फ र टेनिस खेल्न
  • आफ्नो घर बाहिर ५ वा थोरै ब्यक्तिहरु भई मनोरञ्जन गर्न
  • क्रस-कन्ट्री स्किइ खेल्न, बायथ्लनहरू, डुङगा र कायाक दौडहरु, ट्रायथ्लनहरू र बहु-खेल प्रतियोगिताहरु
  • पानीमा गरिने मनोरञ्जन सुविधा (अपोइन्टमेन्ट मात्र)

भेला

  • आफ्नो घरमा नबस्ने ब्यक्तिहरु संग घरभित्र भेला हुन निशेधित छ। कि त तपाँई भेला हुनु भन्दा १४ दिन अघि नै अलग्गै (क्वारेन्टाइनमा) बस्नुभएको छ भने वा तपाँई ७ दिन सम्म अलग्गै (क्वारेन्टाइनमा) बसि कोभिड्–१९ (COVID–19) नभएको परीक्षण नतिजा पाउनु पर्नेछ।
  • आफु संग नबस्ने ५ जना सम्म ब्यक्तिहरु बाहिर भेला हुन।
  • भित्र बसि गरिने आध्यात्मिक वा धार्मिक सेवाहरू, सधैंको संख्या को २५% वा २०० जना सम्ममा जुन चैं कम् छ। आनुहारमा मास्क आवश्यक छ। (सामुहिक् गायन, सङ्गीतिक् र् नाट्य समूहहरुलाई अनुमति छैन। मण्डलीमा गाऊँनलाई अनुमति छैन)
  • घरभित्र गरिने धर्मिक्-सेवाहरु वा सल्लाह सुझाबका लागि ५ जना सम्म भेला हुन।
  • विवाह र अन्त्येष्टि समारोहहरू ३० जना व्यक्तिमा सीमित हुनुपर्ने छ। (स्वगत् कार्य र भोज गर्न पाईने छैन)
  • दीर्घकालीन सेवा केन्द्रहरुमा बाहिरी भ्रमण। (भित्रि भ्रमण आवश्यक सहयोगि व्यक्तिमा सीमित छ र संवेदनशील हेरचाह गर्नु पर्ने अवस्था)
  • शिक्षण र बाल देखभाल पोडहरू खुल्ला रहनको लागि अनुमति छ (शिक्षा छुट अनुसार)

यात्रा

  • सबैजनालाई आफ्नो घरमा वा क्षेत्रमा बस्न र अन्य राज्य वा देशहरूमा अनावश्यक यात्रा नगर्न प्रोत्साहित गरिन्छ।
  • अन्य राज्य वा देशहरुबाट आउने ब्यक्तिहरुका साथै फर्किएर आउने वाशिङ्टन बासीहरुसहितले, आएको १४ दिन सम्म अनिबार्य आफै अलग्गै (क्वारेन्टाइनमा) बस्नु पर्ने छ।

व्यवसाय र सेवाहरू

  • माछा प्रदर्शन र चिडियाखानाहरू (बाहिरी प्रदर्शन मात्र)
  • निर्माण कार्य
  • खेत बारी
  • घरमै गरिने/घरेलु सेवाहरु (नानी गोठालो, घर सफागर्न, आदि)
  • पुस्तकालयहरू (सीमित भित्री क्षमता)
  • उत्पादन कार्य
  • गाडीबाटै चलचित्र हेरिने घरहरु
  • संग्रहालयहरु (बाहिरी प्रदर्शन मात्र)
  • व्यक्तिगत सेवाहरू (कपाल र नङ सलुनहरू, हजाम, ट्याटू, इत्यादि (सीमित भित्री क्षमतामा)
  • घरपालुवा जनावरहरुको सरसफाई स्थान्
  • व्यावसायिक सेवाहरू/अफिसबाट चलाईने व्यवसायहरू (सम्भव भएमा घरबाटै गरिनु पर्ने, व्यवसायहरुको सीट क्षमता सीमित छ र सार्वजनिक रुपमा खुल्ला रहन सक्दैनन्)
  • घर जग्गा (खुल्ला घरहरू निषेधित छन्)
  • खाजा घरहरु/मदिरा घरहरु (बाहिर बसि खान र घर लान मात्र)
  • खुद्रा पसल (सीमित संख्यामा पसल भित्र गएर किनमेल गर्न पाईने)